अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२९ | Colorodo: 17:44

एनआरएनए अमेरिकामा अध्यक्षका बलिया उम्मेदवार लामिछाने कोलोराडो आउँदै 

बिआरटीनेपाल २०७८ वैशाख १२ गते १५:५४ मा प्रकाशित

कोलोराडो । गैह्र आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकाको निर्वाचनको दौरानको क्रममा आफ्नो प्रचार प्रसारमा व्यस्त रहेका एनआरएन-अमेरिकाको आगामी निर्वाचनका लागि अध्यक्ष पदका बलिया प्रत्याशी कृष्ण लामिछाने लगायत वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी कृष्ण जीवी पन्त उपाध्यक्ष पदका प्रत्याशीहरु बिकास उप्रेती, पूर्ण चन्द्र बानिया, प्रबिण के सि र चन्द्र लामा महासचिव पदका उम्मेदवार विनोद भट्ट कोलोराडो आउँदैछन ।

भर्जिनिया, बाल्टिमोर, न्यु योर्क लगायत अन्य सहरहरुमा सफल र भव्य कार्यक्रम सम्पन्न पश्चात् मे २ तारिख आइतबार कोलोराडो (6590 W 120th Ave, Broomfield, CO 80020) आउने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमलाई भव्य अनि सभ्य बनाउन कोलोराडो लामिछाने अन्तर्कृया कार्यक्रमका संयोजक कोलोराडो च्याप्टरका संस्थापक अध्यक्ष तथा कोलोराडो सामाजिक अभियन्ता वासुदेव खनाल लागि परेका छन् ।

गैह्र आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकाको सभापतिमा कृष्णप्रसाद लामिछाने लगायत अन्य ४ जनाले पनि उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी मतदाताको मन जित्नका लागि मात्र होइन, साँच्चै काम गरेर देखाउनको लागि हो भनेर लामिछाने बिआरटी नेपालसँगको कुराकानीमा बताए । उनी भन्छन्, मलाई हजुरहरूको मत सँगसँगै आशीर्वाद चाहिएको छ । नेपाली समाज टेक्सासको नेतृत्व गरिसकेका उनी अमेरिकामा बस्ने नेपालीहरुका माझ अत्यन्तै लोकप्रिय मानिन्छन ।

गोरखा जिल्लामा जन्मिएका कृष्ण लामिछाने करिब २० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । अमेरिकामा बस्दै आए पनि उनले बेला बेलामा नेपाल र अमेरिकामा बसोबास गर्ने बिभिन्न समुदायहरुलाइ सहयोग गर्दै आएका छन् ।उनी कोरोना कहरको बेला होस् वा नेपालमा गएको महाभूकम्पले नेपाल क्षतविक्षत भएको बेला होस् नेपालीहरूको सच्चा सहयोगी पात्र पनि बनेका छन् ।

एनआरएनमा के कस्ता मुद्दा उठाउनुपर्छ भनेर राम्ररी बुझेको छु, त्यसैले आगामी दिनमा नेपालीको समस्यामा कार्य गर्दै त्यसको समाधानमा पहल गर्ने मेरो प्रतिबद्धता भएका कारण पक्कै म विजयी बन्ने छु भन्नेमा उनी बिस्वत छन् । उक्त कार्यक्रमको बिआरटी नेपाल डट कमको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रतिक्रिया