अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७८ वैशाख १० गते ८:१८ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ४ सय ४९ तथा एन्टिजेन विधिबाट १ सय १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल सङ्क्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ । नेपालमा सक्रिय सङ्क्रमितको संख्या १४ हजार ७२४ रहेको छ । यसमध्ये ५२ जना आईसीयूमा १ सय ७० तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू