अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४ | Colorodo: 03:39

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

बिआरटीनेपाल २०७८ वैशाख ७ गते ८:३४ मा प्रकाशित

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । आज राति १२ बजे देखि लागू हुनेगरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको हो ।

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख बिष्णु प्रसाद प्रसाइँले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नु भएको हो । संविधानको धारा १८३ को उपधारा २ बमोजिम २०७८ साल बैशाख ७ गते राति १२ बजेबाट प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख प्रसाइँद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षिदल नेकपा माओवादीले संसद अवरुद्ध गर्दै आएको थियो । संसद अवरुद्ध भएपछि मुख्यमन्त्री डोरमणि पौडेलले हिजो सोमबार काठमाडौंमा सर्वदलिय बैठक बोलाएपनि माओवादी लगायतका दलहरु उपस्थित भएका थिएनन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू