अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

कोलोराडोको रकी माउन्टेन फ्रेण्डस् अफ नेपालको अध्यक्षमा टिका पौडेल निर्वाचित

बिआरटीनेपाल २०७८ वैशाख ६ गते १४:४२ मा प्रकाशित

कोलोराडोमा रहेको सबै भन्दा पुरानो संस्था रकी माउन्टेन फ्रेण्ड्स अफ नेपालको भर्खरै सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा पूर्व महासचिव टिका पौडेल लगायत सबै पदाधिकारीहरू संस्थाको आगामी दुई बर्से कार्यकालको लागी निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाले कार्यसमितिको निर्वाचन सम्पन्न गर्न किरण डांगीको संयोजकत्वमा तिन सदस्सीय निर्वाचन समिति गठन गरेको थियो । उक्त निर्वाचन समितिले आफ्नो वेबसाइटमा सूचना प्रकाशित गरेर सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएको जानकारी गराएको छ ।

निर्विरोध निर्वाचित हुने पदाधिकारीहरूमा अध्यक्ष पदमा टिका पौडेल, उपाध्यक्षमा रामगोपाल श्रेष्ठ, कोषाध्यक्षमा कृष्णकुमार घिमिरे, कल्चर सेक्रेटरी आकृति राई (अधिकारी), पब्लिक रिलेसन अफिसर अर्जुन कार्की, महिला को-अर्डिनेटर यशोदा भट्ट, बोर्ड सदस्यहरूमा नुरहरी पोखरेल, सुनिता अधिकारी, दीर्घ बुढा रहेका छन् ।

नव निर्वाचित कार्यसमितिले आगामी मे १ तारिखबाट आफ्नो कार्यभार सम्भाल्ने भएको छ । नवनिर्वाचित अध्यक्ष टिका पौडेलले बिआरटी नेपाललाई दिएको जानकारी अनुसार शपथ ग्रहण कार्यक्रम अनलाइन नभएर कुनै एक स्थानमा भेला भएर गर्ने भनिएको छ ।

प्रतिक्रिया