अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५३ | Colorodo: 15:08

कोरोनाको जोखिम हेरर विद्यालय खोल्न वा बन्द गर्ने निर्णय गर्न शिक्षा मन्त्रालयको आग्रह

बिआरटीनेपाल २०७८ वैशाख ३ गते ८:३३ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस महामारी बढेकोले जोखिम हेरेर स्थानीय तहहरूले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्ने वा नगर्ने निर्णय गर्न सक्ने बताएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति निकालेर कोरोना बढेकोले विद्यालयमा अनावश्यक भिडभाड हुने खालका वार्षिक उत्सव जस्ता कार्यक्रम नगर्न आग्रह गर्नुभएको छ ।

स्थानीय तहको निर्णय अनुसार विद्यालय बन्द वा तोकिए बमोजिम सञ्चालन गर्न र बन्द गरिएका विद्यालयहरू पुनः सञ्चालन गर्दा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ मा तोकिएको विधि तथा प्रक्रियाहरूको पालना गर्न शर्माले आग्रह गर्नुभएको छ ।

साथै विद्यालयहरू बन्द वा आंशिक रूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका ०७७ ले गरेको व्यवस्था गरे बमोजिम सिकाइ क्रियाकलापलाई निरन्तरता दिन पनि उहाँले अनुरोध गर्नुभएको छ । विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पूर्ण रूपमा लागू गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू