अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०० | Colorodo: 06:15

नेपालमा थप ६०३ जनामा कोरोना सङ्क्रमण, ३ जनाको ज्यान गयो, २५ जनाको भेन्टिलेटरमा उपचार

बिआरटीनेपाल २०७८ वैशाख १ गते ८:१४ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४२ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ८० जना र ४ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी ६ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।बुधवार कोरोना पुष्टि भएका सङ्क्रमितमध्ये काठमाण्डौ उपत्यकाका मात्रै दुई सय ५४ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ सय २९ जना निको भएका छन् । अहिले देशभर ४ हजार ५६ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ८० जनाको आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ६१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू