अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

“तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाउ”– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ चैत ३० गते ८:३४ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौति दिनुभएको छ । काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो राजिनामा मागेकोमा आपत्ति जनाउँदै आफ्नो सरकार बहुमतको रहेकोले राजिनामा किन दिने भन्दै प्रश्न गर्नुभयो ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लैजान सक्ने स्पष्ट पार्दै उहाँले माओवादीको समर्थन नचाहिएको टिप्पणी गर्नुभयो । माधव नेपालले पार्टी फुटाउन खोजेको आरोप लगाउँदै ओलीले माधव नेपालले अब कहिँबाट चुनाव जित्न नसक्ने ठोकुवा गर्नुभयो ।

नेपालले टिकट बाँडेपनि एक जनाले पनि नजित्ने दावी गर्दै उहाँले टिकट त बसपार्कमा बाँढेको बाढ्यै छ पनि बाँड्न सकिने जिरह पेश गर्नुभयो । माधव नेपालले टिकट बाँढ्न सकेपनि सांसद एक जना पनि बनाउन नसक्ने र नेपाल आफैले पनि चुनाव नजित्ने ओलीको दावी थियो ।

नेपाललाई आत्मालोचना गरेर पार्टीमा आउन आग्रह गर्दै उहाँले बिना भेदभाव काम गर्न दिने तर गूटबन्दी हुन नदिने बताउनुभयो । आफु समूहगत रुपमा कुरा गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै ओलीले व्यक्तिगत रुपमा व्यवहार गर्ने बताउनुभयो । नेपाल समुहलाई आत्मालोचना गरेर मात्रै पार्टीमा प्रवेश दिईने ओलीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू