अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१८ | Colorodo: 04:33

“राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरिएको छ” – प्रचण्ड

बिआरटीनेपाल २०७७ चैत २८ गते ८:१६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानुनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको तीन दलको बैठकले सरकारले राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरेको निष्कर्ष निकालेको बताउनु भएको हो ।

यस्तै कर्मचारीतन्त्रलाई आतङ्कमा बाँच्न बाध्य पारिएको र उनीहरुको वृत्ति विकास, स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोसिस भएको पनि बताउनुभयो । सरकारले कानुनअनुसार हुनै नसक्ने र हुनै नहुने कामहरु गरिरहेको पनि प्रचण्डले बताउनुभयो । सरकार अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक काम गर्नतर्फ उन्मुख भइराखेकोले देशमा निकै ठूलो अन्यौल र सन्त्रास उब्जिएको पनि उहाको भनाई छ । यस्तै सरकारले संविधानलाई मिच्ने कोसिस जारी राख्दै गएमा नयाँ खालको विद्रोहमा जानुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

लोकतान्त्रिक गणतन्त्र र संविधान सभामार्फत बनेको संविधानको रक्षाको निम्ति पनि आन्दोलनमा जानुको विकल्प नदेखिएको उहाँको भनाइ छ । सरकारले संसदीय समितिबाट पारित भएका ऐनहरुलाई अगाडि बढाउन नचाहँदा कतिपय ऐनहरु बन्न नसकेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । निजामती कर्मचारी ऐन पनि प्रधानमन्त्रीले नै रोकेका कारण संसदमा आउन ढिलो भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू