अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई एमालेबाट ६ महिनाका लागि निलम्बन

बिआरटीनेपाल २०७७ चैत १९ गते ८:११ मा प्रकाशित

नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई सदस्यबाट निलम्बन गरेको छ । पार्टीका उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको हो । पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीद्वारा हस्ताक्षरित पत्रमा सच्चिनका लागि यो अन्तिम अवसर भएको उल्लेख छ । आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधिहरू कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने व्यवहोरा समेत जानकारी गराइन्छ, पत्रमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू