अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन यही चैत २५ देखि सुरु हुने

बिआरटीनेपाल २०७७ चैत १८ गते ८:१७ मा प्रकाशित

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन यही चैत २५ देखि सुरु हुने भएको छ । प्रदेश सरकारको हिजाको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठक आह्वानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताउनुभयो ।

एउटा अधिवेशन सम्पन्न भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनु पर्ने व्यवस्था अनुसार प्रदेश सरकारले अधिवेशन बोलाउने निर्णय गरेको हो । गत वर्ष अधिवेशन असोज २६ मा सकिएको थियो । काँग्रेस र जनता समाजवादी पार्टीले कोरोना लगायतको विषयमा विशेष अधिवेशन माग गरेपछि पुस २१ देखि माघ ६ सम्म विशेष अधिवेशन चलेको थियो ।

मन्त्री बस्नेतले मन्त्रिपरिषद्को बैठकबाट ४ वटा विधेयक पास भएको र अब प्रदेशसभा सचिवालयमा दर्ता हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू