अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्याईने – एमाले नेता नेपाल

बिआरटीनेपाल २०७७ चैत १८ गते ८:१५ मा प्रकाशित

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्याउन चाहेको बताउनुभएको छ । आज काठमाडौंको बुद्धनगरमा आफू निकट युवा संघको केन्द्रीय कार्यालय उद्घाटन गर्दै नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउने अभियानमा आफू लागेको बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने, धारासायी हुन नदिने र विसर्जनको ठाउँमा पुर्याउन नदिने संकल्प समेत गर्नुभयो ।

त्यसका लागि देशैभरका कम्युनिष्ट आन्दोलन र एमालेका योद्धाहरु पार्टीको एकता, कम्युनिष्ट आन्दोलनको रक्षा र सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरी क्रान्तिकारी स्वरुप दिने पक्षमा आफू रहेको पनि स्पष्ट पार्नुभयो । आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्याउन चाहिरहेको र कम्युनिष्ट आन्दोलनलाई छिन्न भिन्न हुन नदिने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

आफूहरुको विचार माक्र्सवाद र लेनिनवादबाट निर्देशित भएको र त्यही विचारको मार्गदर्शनमा अघि बढ्दै बहुदलीय जनवादको मूल्य र मान्यतालाई जगेर्ना गर्न चाहेको उहाँले बताउनुभयो । आफूहरु सामाजिक न्याय सहितको आर्थिक रुपान्तरणको पक्षमा रहेको भन्दै नेता नेपालले विचार, संगठन, गतिशीलता, तार्किकता र व्यवहारमा उत्कृष्ट बन्न सके समाज परिवर्तन गर्न सकिने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू