अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

नेपालमा थप १६२ जनामा कोरोना संक्रमण , काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने

बिआरटीनेपाल २०७७ चैत १८ गते ८:११ मा प्रकाशित

सरकारले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रिस्तरीय बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं प्रवेश गर्ने बिन्दूहरुमा एन्टीजेन परीक्षण गर्ने बताउनुभयो ।

सरकारले सबै जिल्ला प्रशासनहरुलाई जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्नका लागि ताकेता सहितको निर्देशन दिने निर्णय गरेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ६२ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १९ मा पिसिआर गर्दा १ सय ६२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू