अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

“सर्वोच्चले फैसला सच्याउने विश्वास छ” – पुष्पकमल दाहाल प्रचण्ड

बिआरटीनेपाल २०७७ चैत १७ गते ८:१० मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र अलग हुन सर्वोच्च अदालतले गरेको फैसला सच्याउने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार फैसला सच्चाउन माग गर्दै पुनरावलोकनको निवेदन लिएर सर्वोच्च पुग्नुभएका प्रचण्डले अदालत परिषरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै एकतावद्ध भइसकेका दललाई विभाजित गर्ने राजनीतिक काम अदालतले गरेकोले त्यसलाई सच्याउने बताउनुभएको हो ।

नेकपाको नाम सम्बन्धि विवादमा परेको मुद्दा गत फागुन २३ गते छिन्ने क्रममा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकतासमेत अस्वीकृत गर्दै दुबै पार्टी अलग हुने फैसला सुनाएको थियो । अदालतको उक्त फैसला अस्वाभाविक, अप्राकृतिक र राजनीतिक प्रकृतिको भएको टिप्पणी गर्दै प्रचण्डले सर्वोच्च अदालतले विगतमा पनि गरेका फैसलामा टिप्पणी भयो र पुनरावलोनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको स्मरण गर्नुभयो ।

रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने नचाहेको, नाम मात्र करेक्सन होस् भन्ने चाहना थियो भन्दै उहाँले सर्वोच्चले फैसला पुनरावलोकन गर्ने र त्यो ढिलो पनि नहुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू