अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

काँग्रेस केन्दीय कमिटी बैठकः जोशीको निधनमा शोक प्रस्ताव पारित

बिआरटीनेपाल २०७७ चैत १४ गते ७:२८ मा प्रकाशित

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बसेको बैठकले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर, संविधानसभा सदस्य, पूर्वमन्त्री एवम् नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति सदस्य जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

जोशीको नर्भिक अस्पतालमा उपचारको क्रममा शुक्रबार राति निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिकघात भएपछि जोशीलाई उपचारको लागि वीर अस्पताल हुँदै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । २०१९ साल असार ३ गते काठमाडौंमा जन्मिएका जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय बिताउनुभएको थियो ।

काँग्रेसले जोशीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदनासमेत प्रकट गरेको छ । नेपाली काँग्रेसका दिवगंत नेता जोशीलाई शीर्ष नेताहरुले श्रद्धाञ्जली दिएका छन् । जोशीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि काँग्रेस कार्यालय, सानेपामा राखिएको थियो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो । सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतले श्रद्धाञ्जली दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू