अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१८ | Colorodo: 18:33

कोरोना संक्रमण बढेपछि क्वारेन्टिन र आइसोलेसन तयारी अबस्थामा राख्न ७७ वटै जिल्लामा गृह मन्त्रालयको पत्र

बिआरटीनेपाल २०७७ चैत ११ गते ७:२५ मा प्रकाशित

गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न परिपत्र गरेको छ । कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने भन्दै मन्त्रालयले परिपत्र गरेको हो । स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले गत सोमबार परिपत्र गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

उहाँले भारतमा कोरोना बढेपछि नेपालमा पनि बढ्न सक्ने सम्भावना छ ध्यान दिनू भन्ने कुरा आएपछि आफूहरुले भीडभाड हुन नदिन परिपत्र गरेको बताउनुभयो । बुढाले सञ्चार तथा विद्युतीय माध्यमबाट चेतनामूलक सन्देश प्रशारण गर्न समेत आग्रह गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू