अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२ | Colorodo: 01:47

उज्ज्वल ठकुरीद्वारा पाकिस्तानका विश्व कीर्तिमान धारी मोहम्मद रसिदले राखेको कीर्तिमान भङ्ग

विजय थापा २०७७ चैत १० गते १०:४८ मा प्रकाशित

डिसी । अमेरिका डिसी महानगर क्षेत्रमा करिब दुई दशक देखि बस्दै आएका ९ पटक विश्व कीर्तिमान गरेका करातेका खेलाडी उज्ज्वल ठकुरीले पाकिस्तानका विश्व कीर्तिमान धारी मोहम्मद रसिदले राखेको कीर्तिमानलाई तोडेका छन् ।

पाकिस्तानका रसिद ३० पटक विभिन्न विधामा विश्व कीर्तिमान गर्ने उत्कृष्ट खेलाडी हुन् । ठकुरीले हालसालै भारतको ओलम्पिक खेल्ने तेक्वान्दो खेलाडीको विश्व कृतिमानलाई भङ्ग गरेको केही समय मै पुन पाकिस्तानका शीर्ष खेलाडीको कृतिमानलाई भङ्ग गर्दै गिनिज विश्व कृतिमानमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

रसिद पाकिस्तान एकेडेमी अफ मार्सल आर्टका प्रमुख हुन् भने उनले राखेको दुवै विश्व कीर्तिमान ठकुरीले हात पारेका छन् ।

मोहम्मद रसिद पाकिस्तानका शीर्ष स्थानका खेलाडी हुन् जसलाई पाकिस्तानले पाकिस्तानको ब्रुस्ली तथा “खुदा” मान्छन्। यिनको कीर्तिमान भारतले भङ्ग गर्न धेरै पटक कोसिस गरे तर आजसम्म गर्न सकेको छैन। नेपाली मूलका कराँते खेलाडी उज्ज्वल ठकुरीले यिनको दुई उपाधि हात पारेका छन् ।

भर्खरै भङ्ग गरेर हात पारेको उपाधि ५ केजी वजन खुट्टाले बोकेर ४ फिट माथि किक प्याडमा समाउन लगाएर १ मिनेटमा ८३ चोटि घुँडा प्रहार समाप्त गरी नयाँ विश्व कीर्तिमान हात पारेका छन् ।

सो उपाधि पहिला भारतको तेक्वान्दो खेलाडी बढे साईले १ मिनेटमा ५५ चोटि प्रहार गरी २०१७ उपाधि हासिल गरेका थिए भने ठकुरीले त्यो कीर्तिमान फेब्रुअरी २९ ,२०२० मा ७१ चोटि प्रहार गरी उनको कीर्तिमान प्राप्त गरेका थिए ।

तर पुनः पाकिस्तानको खेलाडीले मार्च १,२०२० मा ७८ चोटि प्रहार गरी ठकुरीको उपाधि खोसेका थिए। विश्व कीर्तिमानी ठकुरी चुप लागेर बसेनन् । ठकुरीले फेरी यो कीर्तिमान १ मिनेटमा ८३ चोटि घुँडा प्रहार गरेर आफ्नो उपाधि पुन फिर्ता गरे ।

अर्थात् प्रति सेकेन्ड भन्दा छिटो ५ केजी वजन खुट्टाले बोकेर घुँडा प्रहार गरेका थिए ।

त्यस्तै दोस्रो ५ केजी वजन खुट्टाले बोकेर ४ फिट माथि किक प्याडमा समाउन लगाएर ३ मिनेट भित्र १५७ घुँडा प्रहार समाप्त गरी नयाँ विश्व कीर्तिमान हात पारेका छन् ।

सोही कीर्तिमान भारतको बढे साइले ३ मिनेटमा ५ केजी बोकेर ८७ चोटि प्रहार गरेका थिए भने मोहम्मद रसिदले ३ मिनेटमा १५२ चोटि प्रहार गरेका थिए । भारत र पाकिस्तानको एकै चोटि दुवै कीर्तिमान(रेकर्ड )तोड्न सफल कराँते खेलाडी उज्ज्वल ठकुरी काठमाडौँमा जन्मेका नेपाली खेलाडी हुन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू