अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

एमालेको नेपाल–खनाल पक्षले भोली कार्यकर्ता भेला गर्दै, केन्द्रीय कमिटीको अवधारणा पत्र पारित गरिने

बिआरटीनेपाल २०७७ चैत ३ गते ८:११ मा प्रकाशित

अध्यक्ष ओलीको एकलौटी निर्णयका विरुद्धमा नेकपा एमालेको नेपाल–खनाल पक्षले चैत भोली र पर्सि कार्यकर्ता भेलाको आयोजना गरेको छ । आयोजित कार्यकर्ता भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने दाबी सो समुहले गरेको छ ।

भेलाबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्पूर्ण तयारी पुरा भएको भन्दै भेलामा पार्टी केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र पेश गर्दै पारित गरिने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा एमाले स्थायी समिति सदस्य तथा नेता सुरेन्द्र पाण्डेले एमाले अध्यक्ष ओलीले एकतावद्ध बनाउनुको साटो पार्टी एकताको महत्व घटाउन खोजेको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू