अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

अमेरिकाको कोलोराडोमा भारी हिमपात, आपतकालको घोषणा, हवाई उडान बन्द

बिआरटीनेपाल २०७७ चैत २ गते ८:५८ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनबर लगायत अन्य राज्यहरुमा भएको भारी हिमपातका कारण २ हजार हवाई उडानहरु रद्द भएका छन् ।हवाई सेवा अवरुद्ध भएका कारण सयौं यात्रु विमानस्थलमा नै बस्न बाध्य भएका छन् ।डेनवरमा १८ देखि २४ इन्जसम्मको हिउँ जमेपछी त्यहाँ आपतकाल घोषणा गरिएको छ ।

कोलोराडो पारवहन बिभागले एक सूचना जारी गरी अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अपील गरिएको छ । यातायातका साधन सञ्चालन अवरुद्ध भएका कारण कोलोराडोका विद्यालय, कलेजहरु बन्द गरिएका छन् ।

गत फेब्रुअरीमा अमेरिकाको टेक्सासमा भारी हिमपात हुँदा २१ जनाको मृत्यु भएको थियो भने त्यसको प्रभाव २५ दिनसम्म परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू