अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 23:15

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

बिआरटीनेपाल २०७७ चैत २ गते ८:२८ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दोस्रो दिन सोमवार बसेको बैठकमा २० जना सदस्यले धारणा राखेपछि बैठक स्थगित भएको हो ।नयाँ सरकार बनाउने विषयमा अन्य दलसँग छलफल र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनको विषयलाई उठाउनुपर्ने भएकाले केही दिन बैठक स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै साङ्गठनिक गतिविधिलाई अगाडि बढाउन प्रदेश र जिल्ला तहमा खटिने र त्यसपछि केन्द्रीय कमिटीको बैठक बस्ने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेताहरूको जवाफ नआइसकेकाले यसबारेमा छिट्टै निर्णय गर्ने उहाँको भनाइ छ । आइतवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्था र पार्टीको कार्यभारबारे रिर्पोटिङ गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू