अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४९ | Colorodo: 13:04

“विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा छु” – प्रचण्ड

बिआरटीनेपाल २०७७ फागुन २२ गते ७:२४ मा प्रकाशित

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा आफू रहेको बताउनुभएको छ । आज कोटेश्वर पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले विप्लव अन्तत्वगत्वा आफुले कोरेको गोरेटोमा आइपुगेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

अब छिटै औपचारिक कार्यक्रम गरेर विप्लवलाइ स्वागत गर्न चाहेको प्रचण्डको भनाइ थियो । यस्तै उहाँले विप्लव आफ्नो टिममा आउनुपर्ने पनि बताउनुभयो । विप्लवले अर्को प्रचण्ड बन्ने प्रयास गरेपनि असफल भएको उहाँको भनाइ थियो । आफू र माधव नेपालले नेतृत्व गरेको पार्टी नै मुल पार्टी भनेर सावित भइसकेको उहाँको भनाइ छ ।

अध्यक्ष प्रचण्डले कम्युनिष्टहरू बिग्रिएपछि कामै नलाग्ने गरी कुहिएर जाने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली पनि कुहिएर बिग्रिसकेको बताउँदै कुहिएको अण्डाको संज्ञा दिनुभयो । कम्युनिष्ट आन्दोलन वैज्ञानिक मान्यतामा आधारित आन्दोलन भए पनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधै चलिरहने उहाँको भनाइ छ । प्रचण्डले कम्युनिष्ट आन्दोलन भित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष पनि भएको बताउनुभयो ।

प्रतिनिधिसभा विघटन भएको दिन आफूले प्रतिक्रान्तिको षडयन्त्र विरुद्ध जनयुद्ध सुरु भएको स्मरण गर्दै उहाँले सर्वोच्चको फैसलासँगै सबै विजयी भएको बताउनुभयो । कार्यक्रममा पदम राई र बिमल अधिकारीको नेतृत्वमा युवाहरुलाई पार्टी प्रवेश गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू