अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३७ | Colorodo: 21:52

अब नेपालमा हिंसात्मक द्धन्द्ध सकियो– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ फागुन २१ गते ७:२४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा हिंसात्मक द्धन्द्ध सकिएको र शान्तीको नयाँ युगमा प्रबेश गरेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले शान्तीको लागि दिईएको यो योगदानको लागि विप्लबलाइ धन्यवाद दिनुभयो । विप्लबले शान्तीपूर्ण कदमको माध्यमबाट नेपाली जनताको मन जितेको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । आफुहरु समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर स्वाधिन र स्वाभिमानी नेपालीको लागि काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले सोही आकंक्षा पूरा गर्ने क्रममा यो सहमति भएको बताउनुभयो ।

अब नेकपाले शान्तीपूर्ण ढंगले गतिबिधिहरु गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले जेलमा रहेको नेकपाका कार्यकर्तालाइ प्रक्रिया मिलाएर छुटाउदै लैजाने विश्वास दिलाउनुभयो । बिप्लबसंगको वार्ताको लागि बर्षौ देखि प्रयास चलिरहेको र यो सहमति रातारात नभएको पनि प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । अब एकतावद्ध भएर देशलाइ समृद्ध देशको रुपमा अगाडी बढाउने समय आएको र पुर्वजका योगदान र अनुभवलाइ समेटेर अगाडी बढ्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

यस्तै, प्रधानमन्त्री ओलीले आफूहरुले कसैलाई पनि प्रधानमन्त्री पद प्रस्ताव नगरेको पनि बताउनुभएको छ । ओलीले पार्टीका केही नेताहरु आफ्नो पार्टीको सरकार ढालेर अरु कसैलाई प्रधानमन्त्री बनिदिनुस् न भनेर किस्तीमा प्रस्ताब राखेर हिँडेको बताउनुभयो । आफुहरुले अनुचित ढंगले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नराख्ने उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू