अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

सरकारसँग भएको तीनबुँदे सहमतिप्रति प्रतिबद्ध– नेकपा महासचिव विप्लब

बिआरटीनेपाल २०७७ फागुन २१ गते ७:२४ मा प्रकाशित

नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको छ । सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तीनबुँदेमा आफुहरु प्रतिवद्ध रहेको र पालना गर्ने बताउँदै आशंका वा कुतर्क नगर्न आग्रह गर्नुभयो । नेता विप्लवले नेपाल सरकार र आफ्नो पार्टीबीच भएको सहमतिभित्र समृद्ध जीवन बिताउने नेपाली युवाहरूको चाहना र समृद्धिको आकांक्षा लुकेको बताउनुभएको छ ।

नेपाली राजनीतिक आन्दोलनको यो एउटा नयाँ दिन हो, यसलाई सफल पार्न योगदान गर्ने वार्ता टोलीका मित्रहरूलाई म बधाई र धन्यवाद दिन चाहन्छु नेता बिप्लबले भन्नुभयो । सहमतिको पछाडि एउटा महान आकांक्षा रहेको बताउँदै उहाँले नेपाललाई स्वाधीन, आत्मनिर्भर र सुन्दर बनाउने बताउनुभयो । विप्लवले नेपालको राजनीतिमा हुने विदेशी हस्तक्षेप स्वीकार्य हुनै नसक्ने पनि बताउनुभयो । कुनै विदेशीले हस्तक्षेप गर्न खोज्यो भने आफुहरुको जीवन गाडिन तयार रहेको तर नझुक्ने विप्लबकोे भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू