अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

“आउँदो चुनावमा दुई तिहाईका साथ फेरि सिंहदरबार फर्किन्छु” – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ फागुन १८ गते ७:०५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावमा पुनः दुई तिहाई बहुमतका साथ सिंहदरवार फर्किने दावी गर्नुभएको छ । गृहजिल्ला झापाको बिर्तामोडमा दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई कसैले हटाउन सक्ने भने खुसीकासाथ हट्न तयार रहेको बताउँदै आउँदो चुनावमा दुई तिहाईका साथ फेरि सिंहदरबारमा फर्कने दावी गर्नुभएको हो ।

आफूलाई पदबाट कसैले हटाउन सक्छ भने हटाएर देखाउन उहाँले चुनौति समेत दिनुभएको छ । उहाँले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको दाबी समेत गर्नुभयो । राजनीति गर्ने मान्छे भएकाले कुनै कुरा माग गर्दै अदालतमा मुद्दा हाल्न जाने आफ्नो बानी नरहेको स्पष्ट पार्दै उहाँले निवेदन नै हाल्नुपरे नेपाली जनताको बीचमा जाने बताउनुभयो ।

ओलीले अरुको लागि नभई नेपाली जनताको लागि कम्फर्टेबल हुने सरकार बनाउने धारणा राख्नुभएको छ । आउँदो संसद् अधिवेशन राम्ररी चलाएर अघि बढ्ने आफ्नो प्रयास हुने उल्लेख गर्दै ओलीले २३ गते बस्ने प्रतिनिधिसभाको सातौं अधिवेशनमा आफू सकारात्मक भूमिकामा उपस्थिति हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू