अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१७ | Colorodo: 08:32

प्रतिनिधिसभाको अधिवेशन आह्वान

बिआरटीनेपाल २०७७ फागुन १७ गते ६:५७ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । सर्वोच्चको आदेश अनुसार १३ दिनभित्रै संसद अधिवेशन बोलाइएको छ । संसद बैठक सञ्चालनका लागि संसद सचिवालयले तयारी पूरा गरिसकेको जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि गत असार १८ गते संसद अधिवेशन अन्त्य गरेको थियो । प्रतिनिधिसभाको वर्षे अधिवेशन अन्त्य भएको ८ महिनापछि अर्को अधिवेशन सुरु हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू