अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 08:35

“ओलीको पतन निश्चित, छिटै नयाँ सरकार बन्छ” – प्रचण्ड

बिआरटीनेपाल २०७७ फागुन १७ गते ६:५६ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब चाँडै नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ । नेकपाको वैधानिकता र चिन्ह आफूहरुले पाउने भन्दै त्यसको आधिकारिक घोषणा हुन मात्रै बाँकी रहेको उहाँले बताउनुभयो । सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री पतनको बाटोमा लागेको भन्दै ओली पतन नहुँदासम्म केही नछोड्ने पात्रका रुपमा देखिएको आरोप लगाउनुभयो ।

निर्वाचन आयोगको सेटिङ भत्किँद गएको भन्दै आयोगले केही दिनमा नै बहुमतले गरेको निर्णयलाई आधिकारिकता दिने उहाको विश्वास छ । सर्वोच्चको फैसलापछि केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा एकछिन पनि बस्न लायक नभएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले सत्ता र कुर्सी प्राप्तिका लागि ओलीले जस्तोसुकै संझौतापनि गर्न पछि नपर्ने बताउनुभयो ।

छिटै नयाँ सरकार बन्ने भन्दै उक्त सरकारले लोकतान्त्रिक व्यवस्था अनुसारको सुशासन दिने कुरामा आफू ढुक्क रहेको प्रचण्डको भनाई छ । अब केही दिनमै दलहरुबिच एउटा समझदारी बनेर मुलुकले निकास पाउने भन्दै जनताको आशा भरोसालाई माथि उठाउनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू