अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३९ | Colorodo: 18:54

खाने हो २३ क्यारेट सुनबाट बनेको संसारकै महँगो बिरयानी ?

बिआरटीनेपाल २०७७ फागुन १६ गते ७:१९ मा प्रकाशित

बिरयानी भारतीय भान्साको लोकप्रिय खाना । बिरयानी भारतमा मात्र होइन, संसारभर नै भारतीय परिकारका रुपमा रेष्टुरेन्टहरुमा राखिएको हुन्छ ।मीठो स्वादमा बिरयानी खाए पनि सुन नै राखेको बिरयानी पनि खान पाइने भनेको सुन्दा भने आश्चर्य लाग्ने विषय हो । तर दुबईस्थित एक रेष्टुरेन्टले भने २३ क्यारेट सुनको प्रयोग गरेरै संसारकै सबैभन्दा महँगो बिरयानी बजारमा ल्याएको छ ।

दुबईको बम्बे बोरो रेष्टुरेन्टमा द रोयल गोल्ड बिरयानी नाम दिइएको उक्त बिरयानी खान चाहनेले पैसा पनि मनग्गे तिनुपर्नेछ । जसको मूल्य भने नेपाली ३२ हजारभन्दा बढी पर्दछ ।खानयोग्य गरी २३ क्यारेटको सुन प्रयोग गरिएको बिरयानी सुनकै थालमा खान पाइने पनि जनाइएको छ । जसमा गोल्फ लिफ कबाब, कश्मिरी कबाब, पुरानो दिल्ली चप्स, राजपूत चिकेन कबाब, मुगल कोफ्ता तथा मलाई चिकेन कस्तुरी तथा केशर तरकारीसहित तयार पारिन्छ ।

चटनी तथा ससमा बदाम तथा अनारको राइता, निहारी तथा जोधपुरी अचार समावेश गरिएको बिरयानीका सबै परिकार सुनको प्लेटमा सजाएर त्यसमाथि २३ क्यारेटको सुनको पत्र हालिन्छ । एक प्लेटको ३ किलो वजन हुने बिरयानी छोपिएको सुनको पत्र पनि खान मिल्ने बताइएको छ । रेष्टुरेन्ट स्थापनाको पहिलो वर्षगाँठको अवसरबाट सुनको बिरयानीलाई मेनूमा राखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू