अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

यथास्थितिमा ओली समूहसँग एकता हुन नसक्ने प्रचण्ड–नेपाल समूहको ठहर

बिआरटीनेपाल २०७७ फागुन १२ गते ७:४२ मा प्रकाशित

नेकपा प्रचण्ड–नेपाल समूहले यथास्थितिमा ओली समूहसँग एकता हुन नसक्ने बताएको छ । आज बसेको स्थायी कमिटी बैठकले आत्मालोचना सहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने बताएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा प्रहार गर्ने, गुट र फुटमा रमाउने, संविधान र लोकतन्त्रमाथि आक्रमण गर्ने प्रवृत्तिले आफूलाई आत्मलोचक ढंगले नयाँ रुपमा प्रस्तुत नगरेसम्म एकता हुन नसक्ने बताउनुभयो ।

बैठकले मुल पार्टीमा फर्किएर आफ्नो जिम्मेवारी सम्हाल्न पनि नेताहरुलाई आग्रह गरेको छ । स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको ठहर गरेको छ र, यसले संविधान र लोकतन्त्रको रक्षा गरेको पनि निष्कर्ष निकालेको छ । संसद विघटनको असंवैधानिक कदम चाल्ने प्रधानन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने भन्दै यो समूहले नभए संविधान अनुसार अगाडि बढ्ने बताएको छ । अव प्रतिनिधिसभाको बैठक बस्ने र बैठकबाट संविधान अनुसार नै अरु प्रक्रिया अगाडि बढ्ने पनि प्रवक्ता श्रेष्ठले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू