अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०५ | Colorodo: 12:20

“अदालतको फैसलाले देशलाई संकटबाट जोगायो” – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७७ फागुन ११ गते ७:३६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाले देशलाई राजनीतिक संकटबाट बचाएको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसला आएसँगै सञ्चार माध्यमसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अदालतको फैसलाले राजनीतिक संकटबाट देशलाई बचाएको बताउनुभएको हो ।

उहाँले अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको बताउनुभयो। त्यसैगरी प्रतिनिधि सभा विघटनविरुद्धका आन्दोलनमा सक्रिय रहनु भएका नेकपाका नेता योगेश भट्टराईले सवोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उच्च बनाएको बताउनुभयो । उहाँले मुलुक, लोकतन्त्र र व्यवस्थाको रक्षा गरेर अदालतले ३ करोड नेपालीको सम्मान प्राप्त गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू