अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

कांग्रेस सर्वोच्चको फैसलालाई स्वागत गर्छ – सभापति देउवा

बिआरटीनेपाल २०७७ फागुन ११ गते ७:३५ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलालाई कांग्रेसले स्वागत गर्ने बताउनुभएको छ । अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको निर्णय गरेसँगै सभापति देउवाले अदालतको फैसला कांग्रेसले स्वागत गर्ने बताउनुभएको हो ।

उहाँले सामाजिक सञ्जालमार्फत अदालतको फैसला स्वागतयोग्य भएको उल्लेख गर्नुभएको छ । उहाँले आफूले शुरु देखिनै अदालतलाई स्वतन्त्र भएर फैसला गर्न सघाउनुपर्छ भन्दै आएको उल्लेख गर्नुभएको छ । सभापति देउवाले अदालतको फैसला एतिहासिक भएको समेत बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय