अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

नेकपामा प्रचण्ड र नेपालबीच ९ बुँदे मापदण्डमा सहमति, दुवै अध्यक्षलाई ५०–५० प्रतिशत

बिआरटीनेपाल २०७७ फागुन ९ गते ७:०० मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्दोलनरत पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच संगठनात्मक संरचनालाई पूर्णता दिने विषयमा सहमति भएको छ । पार्टीका सबै कमिटीहरुमा दुबै पक्षको ५०–५० प्रतिशत हुने गरी तयार पारिएको ९ बुँदे मापदण्डमा दुवै अध्यक्षले हस्ताक्षर गर्नुभएको छ ।

पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुल सदस्य संख्यामा पनि ५०–५० प्रतिशत हुनेगरी बिशेष व्यवस्था गर्न दुवै अध्यक्षबीच सहमति भएको छ । मापदण्डअनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा रिक्त भएको पक्षबाट नै पूर्ति गरिनेछ ।

त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने मापदण्डमा उल्लेख गरिएको छ । तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा ६०–४० को अनुपातमा एकता गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू