अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२०
| Colorodo: 12:35
सत्तारुढ दल नेकपा ओली समूहको असन्तुष्टिका बीच प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । राईविरुद्ध प्रचण्ड–नेपाल समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर ओली समूहले नेकपा राजनीतिक रुपमा फुटे पनि कानूनी रुपमा नफुटेको भन्दै बैधानिकताबारे प्रश्न गर्दै आएको थियो ।
आज पनि बैठक अघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर यसबारे स्मरण गराउनुभएको तर सभामुख प्रदीपकुमार भण्डारीले बैठक राख्नुभयो र उक्त बैठकमा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पेश भएको छ । अविश्वास प्रस्ताव पेश भएपनि बैठक भने स्थगित भएको छ ।