अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

बंगलादेशमा लेखकको हत्यामा संलग्न ५ जनालाई मृत्युदण्डको सजाय

बिआरटीनेपाल २०७७ फागुन ४ गते ७:२२ मा प्रकाशित

बंगलादेशको एक अदालतले एक लेखकको हत्यामा संलग्न ५ जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । ६ वर्षअघि चर्चित लेखक तथा ब्लगर अभिजित रोयको हत्यामा संलग्नमध्ये एक दोषीलाई भने जन्मकैदको सजाय सुनाइएको छ ।

सन् २०१५ मा बंगलादेशमा धर्मनिरपेक्ष तथा आफूलाई नास्तिक मान्ने थुप्रै लेखक तथा प्रकाशकहरुको हत्या भएको थियो ।त्यसक्रममा सबैभन्दा पहिला अभिजित रोयको हत्या भएको थियो ।

अभिजित रोयले विज्ञान, नास्तिकता तथा धर्मको विषयमा थुप्रै किताब लेखका थिए । यसअघि केही दिन अघि मात्रै अभिजित रोयको किताबको प्रकाशक फैसल अरेफिन दिपनको हत्या प्रकरणमा आठ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू