अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार, मुख्य एजेन्डा महाधिवेशन

बिआरटीनेपाल २०७७ फागुन ४ गते ७:१२ मा प्रकाशित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो २ बजे बस्दै छ । कांग्रेसले २०७७ फागुन ७ गतेदेखि १० गते सम्मका लागि आह्वान गरेको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्य समितिको बैठक बस्न लागेको बताउनुभयो । बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशील सदस्यता वितरणलगायत विषयमा भएको प्रगतिका सम्बन्धमा पनि छलफल हुने जानकारी दिनुभएको छ ।

संसद् विघटनसम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि मात्रै नयाँ मिति तय गर्ने अथवा अगाडि तय गर्ने भन्ने सम्बन्धमा छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो । यस्तै गत पुस ५ गते बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संसद् विघटनलाई अवैधानिक, अलोकतान्त्रिक एवं राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णयअनुसार विभिन्न कार्यक्रम गरेको र ती कार्यक्रमको समीक्षासमेत बैठकमा हुने प्रवक्ता शर्माको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू