अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१९ | Colorodo: 22:34

“चुनाव कुनैपनि हालतमा हुँदैन”– नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७७ फागुन ३ गते ७:१७ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं प्रचण्ड–नेपाल समूहको नेकपाका अध्ष्यक्ष अध्यक्ष पुष्पकमल दाहालले मध्यावधि चुनाव कुनैपनि हालतमा नहुने ठोकुवा गर्नुभएको छ । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा चुनाव गराउनु प्रतिगमन भएको उल्लेख गर्दै राम्रो दिमाख हुनेजति सबै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्धमा रहेको जिकिर गर्नुभयो ।

चुनाव हुन्छ भन्दै ओलीले जनतालाई झुक्याउँदै पञ्चर्याली गरेको प्रचण्डको आरोप छ । पन्चर्याली गर्ने जमिन बाँड्छु भन्ने पहिलेका राजा महाराजाले जस्तै सभा गदै ओलीले प्रतिगमन गरेको र प्रतिनिधिसभा विघटन गरेकै दिनदेखि ओलीको हार भएको प्रचण्डको भनाई छ ।

नेपाली जनताले लामो समयको संघर्ष बलिदान बाट प्राप्त उपलब्धि धराप परेको बताउँदै अध्यक्ष प्रचण्डले आम नेपाली जनता र राम्रो दिमाख भएका मानिस उहाँको कदमको विरुद्धमा रहेको दावी गर्नुभयो । राष्ट्र, जनता र लोकतन्त्रको हितमा सबै मिलेर ओलीको कदमलाई परास्त गर्नुपर्नेमा उहाँको जोड छ । अध्यक्ष प्रचण्ड कम्युनिष्ट नेता नरबहादुर केसीको निधनमा अन्तिम श्रद्धान्जली दिन आज चितवन पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू