अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

बालबालिकामा पनि कोरोनाविरुद्ध खोपको परीक्षण गर्ने

बिआरटीनेपाल २०७७ फागुन २ गते ७:१५ मा प्रकाशित

बेलायतस्थित अक्सफोर्ड(एस्ट्राजेनेकाले कोरोना खोप बालबालिकामा पनि परीक्षण गर्ने भएको छ । फेब्रुअरीको अन्त्यमा ६ वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा परीक्षण गरिने जनाइएको हो ।बालबालिकामा प्रतिरोधी प्रतिक्रिया उत्पन्न गराउँछ वा गर्दैन भनेर अनुसन्धानकर्ताहरुले परीक्षणका लाग् िपहिलो डोज लगाइने बताइएको छ ।

अनुसन्धानमा सहभागिता जनाउनका लागि चारवटा अध्ययन क्षेत्र नजिक बस्ने स्वयम् सेवकहरुलाई आह्वान गरिएको छ । बालबालिकाहरु कोरोनाबाट विशेषतः प्रभावित नभएकाले भ्याक्सिन परीक्षणमा पनि बालबालिकाहरु बिरामी हुने सम्भावना निकै कम रहेको मुख्य अनुसन्धानकर्ताले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू