अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

नेकपा प्रचण्ड – माधव समूहको तेस्रो चरणको आन्दोलन घोषणा

बिआरटीनेपाल २०७७ माघ १२ गते ७:१३ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । माघ १३ देखि २८ गतेसम्म प्रचण्ड माधव समूहले तेस्रो चरणको आन्दोलनको कायर्यक्रम घोषणा गरेको हो । संघर्ष समितिले आज पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रम ल्याएको छ ।

घोषित आन्दोलनका कार्यक्रमहरुमा १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीद हरुलाई श्रद्धाञ्जली दिने, २२ गते काठमाडौंमा युवा र्याली, २६ गते मसाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य पम्फा भुसालले बताउनुभयो ।

यस्तै, संघर्ष समितीको संयोजक तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगको पत्र पाएपछि पार्टीले आधिकारीक धारणा सार्वजनिक गर्ने बताउनुभयो । दलको ऐनले स्पष्ट गरेको व्यवस्थामा अनुसार निर्वाचन आयोगले किन निर्णय गरेन भन्ने आफुहरुकोे प्रश्न रहेको उल्लेख गर्दै उहाँले निर्वाचन आयोगले आवश्यक निर्णय गर्नेमा कुनै शंका नरहेको बताउनुभयो । निर्वाचन आयोगले आफुहरुकै पक्षमा निर्णय गरेर आधिकारिकता प्रदान गर्ने श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू