अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

प्रतिनीधिसभाका सांसदले चित्तबुझ्दो काम गर्न सकेनन्– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ माघ १२ गते ७:११ मा प्रकाशित

प्रधानमन्त्री ओलीले जननिर्वाचित प्रतिनिधि सभाका सांसदहरुको हाल सम्म चित्तबुझदो कुनै काम हुन नसकेको बताउनुभएको छ । त्यहि कारण आफुले फेरी नयाँजनादेशमा जानका लागी चुनावी मिति घोषणा गरेको बताउदै उहाँले चुनावी तयारी गर्न सवैमा अपिल गर्नुभयो ।

लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिकाको छोट्की, सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी राप्ती नदीमा बनेको नेपालकै दोस्रो लामो पुलको उद्घाटन समारोहलाई सम्त्रोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको विकल्प नरेहेको बताउनुभएको हो ।

पाटी नफुटेको बताउदै प्रधानमन्त्री ओलीले पार्टी भित्र गलत काम गर्ने व्यक्तिहरु छुट्टिएर अलग भएको प्रष्ट पार्नुभयो । विश्वव्यापी कोरोना माहामारीको रोकथामका लागी अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक गरी चार लाख बढिलाई यहि माघ १८ गते भित्र खोप लगाई सक्ने गरी सरकारले तयारी थालेको प्रधानमन्त्रीको भनाई थियो ।

जनतालाई अधिकार सम्पन्न बनाउनका लागी रोजगारी, तालिम, सिप विकासका कार्यक्रम, ऋण सहुलियत,महिलाहरुलाई आर्थिक, सामाजिक र राजनितिक रुपमा सक्षम बनाउनका लागी विशेष कार्यक्रमका साथ सरकार अघि बढीरहेको उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू