अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१६ | Colorodo: 13:31

“ ओलीलाई तह लगाउन सकेनौं, जनतासमक्ष गुहार भन्न आएका छौं ” – प्रचण्ड

बिआरटीनेपाल २०७७ माघ ९ गते ७:०८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरन्तर प्रयास गरेपनि आफूहरुले केपी ओलीलाई सच्याउन नसकेपछि जनतासमक्ष आउनुपरेको बताउनुभएको छ । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीको प्रतिगमनलाई जनताले सच्याउनुपर्नेमा जोड दिनुभयो ।

आफुहरुको उदारतालाई केपी ओलीले कमजोरी ठानेर दुस्साहस गरेको उल्लेख गर्दै उहाँले अन्ततः ओलीको प्रतिगामी कमद विरुद्ध जनतासंग अगाडि आउन बाध्य भएको बताउनुभयो । पार्टीभित्र ओलीको प्रतिगमनलाई रोक्ने प्रयास गरेपनि आफुहरुको संघर्षले मात्र केपीको निरुकुंशता सच्याउन नसकिएको उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले आफुहरुको समीक्षा गरिनुपर्ने प्रष्ट पार्दै राष्ट्रप्रति इमान्दार सबैले प्रतिगमनलाई सच्याउन पहल गर्नुपर्ने बताउनुभयो ।

सम्बोधनको अधिकांश समय प्रचण्डले लामो संघर्षबाट प्राप्त संविधानलाई ओलीले धरापमा पार्न खोजेको बिष्यामा खर्चिनुभएको थियो । गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–नेपाल समूहले देशैभर विरोधका कार्यक्रम गर्दै आएको छ। शुक्रबार प्रचण्ड–नेपाल समूहले काठमाडौंमा जनप्रदर्शन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू