अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

नेपाललाइ भारतले दियो कोरोना भाइरस विरुद्धको १० लाख डोज खोप अनुदान

बिआरटीनेपाल २०७७ माघ ७ गते ६:५२ मा प्रकाशित

भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभयो । अनुदानको खोप भोली देखि नै आउन थाल्ने पनि उहाँले बताउनुभयो । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई खोप दिइने मन्त्री त्रिपाठीले बताउनुभयो ।

मन्त्री त्रिपाठीले खोप ल्याउने सबै तयारी पूरा भएको पनि बताउनुभयो । खोप अनुदानमा दिएकामा भारत सरकारलाई उहाँले धन्यवाद पनि दिनुभयो । यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण भएको उहाँले बताउनुभयो । आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अत्यन्त महत्वपूर्ण हुने पनि मन्त्री त्रिपाठकिो भनाई थियो ।

नेपालले खोप खरिदको पनि तयारी गरिरहेको र त्यसका लागि आर्थिक र प्रशासनिक कुनै जटिलता नरहेको दावी पनि उहाँले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू