अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

रुकुम पश्चिममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, १७ राउण्ड हवाइ फायर

बिआरटीनेपाल २०७७ माघ ६ गते ७:१६ मा प्रकाशित

रुकुम पश्चिममा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।रुकुमपश्चिमको आठबीसकोट नगरपालिका ९ राडी बजारमा मंगलवार बिहानैबाट नेकपा दाहाल–नेपाल समूह र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्याँस र १७ राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

झडपमा प्रदर्शनकारीले हानेको ढुंगाले लागेर तीन प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी नायब निरीक्षक मक्कर राना, प्रहरी जवान महली चौधरी र बलबहादुर बिक रहेको जिप्रका रुकुम पश्चिमका प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर ९ का वडाअध्यक्ष तारक शाही पनि घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू