अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 13:57

पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न नेकपा अध्यक्ष ओलीको निर्देशन

बिआरटीनेपाल २०७७ माघ ६ गते ६:४५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनर्गठन गर्न निर्देशन दिनुभएको छ । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटन भइ निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गर्नुभयो ।

प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न आग्रह गर्दै उहाँले आफुले लिएको सही विचार र मुलुकको समृद्धिका लागि सबैलाई एकताबद्ध भइ पार्टीको शुद्धिकरण अभियानमा गतिशील हुन अनुरोध गर्नुभएको हो ।

अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गर्नुभयो । कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू