अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०२ | Colorodo: 14:17

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा दोस्रो दिनको सुनुवाइ सम्पन्न

बिआरटीनेपाल २०७७ माघ ५ गते ५:५६ मा प्रकाशित

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा दोस्रो दिनको सुनुवाइ सकिएको छ । उक्त मुद्दाको निरन्तर सुनुवाई मंगलबार पनि जारी रहने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले जानकारी दिनुभयो । सोमबारको सुनुवाइमा निवेदकका तर्फबाट दुई कानुन व्यवसायीले मात्रै सहभागिता जनाएका थिए । आजको संवैधानिक इजलासको बहसमा दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले मात्रै सहभागिता जनाएको बुझिएको छ ।

आइतबारको सुनुवाइमा चार जना कानुन व्यवसायीहरूले सहभागिता जनाएका थिए । न्यायाधीश अनिलकुमार सिन्हाले ३६४ कानुन व्यवसायी रहेकाले छोटो बहस गर्नुपर्ने सुझाव दिएका थिए । कानुन व्यवसायीहरूले लामो समय लिँदा मुद्दामा बहस लम्बिने देखिएको छ । इजलासले कुन कानुन व्यवसायीलाई कति समय दिने भन्ने निर्धारण गरेको छैन भने कानुन व्यवसायीले पनि बढीभन्दा बढी समय लिइरहेका छन् । त्यसले गर्दा मुद्दा टुंग्याउन समय लाग्ने देखिएको हो ।

प्रतिनिधिसभा विघटनका मुद्दामा दोस्रोदिनसम्म वरिष्ठ अधिवक्ताले बहसमा सहभागिता जनाएका छैनन् । पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । त्यसविरुद्ध १३ रिट निवेदन परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू