अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२५ | Colorodo: 16:40

प्रतिगमनलाई सफल हुन नदिन प्रचण्डको युवा बिद्यार्थीहरुलाई निर्देशन

बिआरटीनेपाल २०७७ माघ ४ गते ५:४३ मा प्रकाशित

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिनु भएको छ । आन्दोलनको अग्रमोर्चामा आफू पनि हुने उहाँको भनाइ छ । आफू सम्वद्ध अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै उहाँले कार्यकर्ताको रक्षाका लागि आफू टाउको फुटाउन तयार रहेको तर प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उहाँको तर्क छ ।

अर्का समूहमा लागेर मन्त्री भएकाहरुलाई देखेर लाज लागेको प्रचण्डको टिप्पणी छ । आफूबाहेक एक जना पनि नभएकालाई पार्टीमा ल्याएर स्थायी कमिटीमा लगेको अहिले उनीहरु नैं मन्त्री बन्न अर्को समूहमा लागेको उहाँको भनाइ छ । अर्को कार्यक्रमामा प्रचण्डले सात दशक लडेर ल्याएको उपलब्धीमाथि प्रहार हुँदा आफूहरुले खुशीयाली मनाउन नसक्ने बताउनु भएको छ

काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताले लडेर ल्याएका उपलब्धीमाथि प्रहार हुँदा आफूहरुले उत्सव मनाउन नसक्ने बताउनु भएको हो । उहाँले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहारले देश स्तब्ध हुँदा प्रधानमन्त्री ओली हाँस्दै हिँडेको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू