अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३५ | Colorodo: 12:50

पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७७ माघ १ गते ७:०१ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ४ हजार ४ सय २६ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ सय ५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या हालसम्म २ लाख ६० हजार १ सय ७७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९ सय ४३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू