अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

गीतकार संघ नेपालको पाँचौं अधिवेशन, अध्यक्षमा मुकारुङ निर्वाचित

बिआरटीनेपाल २०७७ पुष २५ गते ७:३९ मा प्रकाशित

गीतकार संघ नेपालको अध्यक्षमा गीतकार शुभ मुकारुङ निर्वाचित हुनुभएको छ । एघारौं साधारण सभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा मुकारुङ निर्वाचित हुनुभएको हो ।अधिवेशनले वसन्त वित्यासी थापालाई उपाध्यक्षमा चयन गरेको छ । रमेश कोइराला महासचिवमा चुनिनुभएको छ भने सचिवमा महेश आचार्य निर्वाचित हुनुभएको छ ।

त्यस्तै, कोषाध्यक्षमा जितबहादुर घले निर्वाचित हुनुभएको छ । सदस्यहरुमा सुमि सिंह, लोकराज अधिकारी, चेतन खतिवडा, प्रतिमा श्रेष्ठ, उमेश राई र शितल कादाम्विनी चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू