अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५७ | Colorodo: 01:12

विवेकशील/साझा पार्टीबीच एकिकरण

बिआरटीनेपाल २०७७ मंसिर २४ गते ६:३४ मा प्रकाशित

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको घोषणा भएको छ । आज भर्चुअल कार्यक्रम गरेर दुई पार्टी एक भएको घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । एकिकृत पार्टीको अध्यक्षमा रवीन्द्र मिश्र हुनुहुन्छ भने संयोजक मिलन पाण्डे रहनुभएको छ ।

दुवै दलबाट केन्द्रीय समितिमा ६५÷ ६५ जना रहनेछन् । यसैगरी पार्टीको सचिवालय २६ सदस्यीय बनाईएको छ । एकिकरण घोषणा सभामा ६ महिनाभित्र एकता महाधिवेशन गर्ने भनिएको छ । यसअघि, विगतमा यी दुई एक एकै थिए । उनीहरूले विगतमा गरिएको फुटप्रति माफी मागेका छन्।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विवेकशील नेपाली दलका संयोजक पाण्डेले विगतमा पार्टी फुट्नु लाई दुर्घटनाको संज्ञा दिनुभएको छ । बराबरी सिद्धान्तअनुसार पार्टी एकीकरण गरिएको पाण्डेको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू