अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५५ | Colorodo: 08:10

बहर-ए-मुतकारिब असलम

स्पन्दन विनोद २०७७ मंसिर २२ गते ९:१८ मा प्रकाशित

गजल

सुनायौ मजाले कथा पल्टनको
र बेग्लै उठायौ मजा आसनको

टुटेको छ दिल घातले पत्थरझैँ
भयो मानहानी यहाँ सज्जनको

तिमी मात्र देख्ने नजर दुख्दैछ
बचाएर के काम भो इन्धनको

तिमी साथ हुन्थ्यौ लुकामारीमा
कहाँ मिल्छ माया सधैँ बचपनको

कलेजी चिरेँ राख्न मायालाई
तिमीले लियौ फाइदा धड्कनको

स्पन्दन विनोद
(अध्यक्ष, अनेसास पोर्चुगल)