अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

गजल

स्पन्दन विनोद २०७६ माघ १ गते १०:०१ मा प्रकाशित

(बहरे मुतकारिब मुसम्मन सालिम)

तिमी गर्नु इच्छा पुरा गर्न सक्छु
जताएर भन्यौ भने मर्न सक्छु

कहाँ हुन्छ प्यारो सधैँ प्रिय जीत
तिमी जित्छु भन्छ्यौ त स्वम् झर्न सक्छु

छु पानी बगरको र सपना छ घरको
गिँडी हात यो सिउँदो भर्न सक्छु

तिमीबाट टाढा भन्यौ जान धेरै
भनेँ एक दिन यार मन पर्न सक्छु

छ माया त अद्भुत यो मूल्यवान
भलै जून छैनन् खुसी छर्न सक्छु

 

✍🏻© स्पन्दन विनोद