अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३ | Colorodo: 01:48

अनेसास

स्पन्दन विनोद २०७६ पुष २६ गते १०:४९ मा प्रकाशित

कविता:
छन्द: शार्दूल ललित छन्द

यो साहित्य बिना,विकल्प छ कहाँ के काव्य थलमा
लाखौँ लाख जुटी, तयार यसरी बर्स्यो कलममा
नेपाली कविता, कथा गजल छन् कि विश्वभरमा
आयो भेट्न धरा, विदेश पनको नाङ्गो सहरमा ।।१।।

लाखौँ याद लिई, विदेश छरिदा मातृत्व छ बरै
यस्तो मेल भयो, समाज हुन गै साहित्य नल कै
कोही अग्रज छन्, अरू अनुज छन् आधार समता
भाषाको जय होस्, र विश्व भरमा होला कि ममता ।।२।।

हुन् होमनाथ पिता, उनेर जननी संस्थापक घर
नेपाली पनको, विकास रथमा यो नाम सबल
भाषा पान सुधा, प्रवास भरिनै साहित्य छरियो
ज्ञानी प्राज्ञ कला, सललल अनेसास् स्वादमय भो।।३।।

खोज्दै काव्य दियो, बने किरण औ उस्तै अच्युत झैँ
थुप्रै सर्जकको, वसन्त पथ हुन् प्यारा रचनामै
ताराझैँ यसरी, उदयी भइन सरला बन्दै धरहरा
छुट्टै मानव हुन्, विदुर भीम रेग्मी सिर्जन धरा।।४।।

धेरै शान्त लता, सुवासित पुरुषोत्तम सगरमा
भर्दै उच्च घडा, यहाँ मग मगाए विश्व भरमा
आस्था मानकको, भिरी दुवसु क्षेत्री प्रबल छन्
साँच्चै बेग्र कला, छ मोहन सिटौलालाई नमन ।।५।।

संसारै भरमा, कुमार यिनका स्रष्टा झन् खुसी
लेख्ने शीतलता, मदाल हुन यी ज्ञानेन्द्र तपशी
त्यो अद्भुत कला, रस ज्ञान भरी गीता नि विदुषी
छन् उत्कृष्ट सधैँ, महान् कदम भाषा खातिर मसी।।६।।

हुन् गीता बिपना, सजाउन बिओटीका ती सपना
यो संसार भरी, सब क्षितिज मै त्यो उच्च गहना
साथै छन् प्रतिभा, यहाँ पदम अर्का योग्य मनका
तिम्रो काव्य कला, प्रिय प्रणयका प्यालामय सुधा ।।७।।

प्यारो आँगनमा, यहाँ पदमले रोपे तमसुक
मीठो नाम सदा, लगाम अथक राधेश्याम फरक
नेपालै भरको, र विश्व भरको भाषा कलहमा
आशाका द्वीप हुन्, बसे सहज नै सब्का ह्रृदयमा ।।८।।

सुद्धी साथ नयाँ, छ केन्द्रीय अनेसास् देख्न समता
संस्थाको जगमा, सभापति ती राधेश्याम पहरा
मीठा हाइकुले, प्रकाश अब छन् जापान चुचुरा
थुप्रै काम गरे, बने सक्रिय भई साहित्य छहरा ।।९।।

मीठा गीत रची, सुनिल मनका नै सङ्गम भए
आहा छन्द पना, मिठास छ निशा अर्याल उदय
लाखौँ माझ चले, बने प्रिय सधैँ भिम्सेन सबल
संस्थाको चलमा, चले सकल शान्तिराम निडर ।।१०।।

हुन् सम्राट् यिनी, गणेश घिमिरे छैनन् जलजला
अर्का काव्य गुरु, महान् कवि लाल गोपाल थलका
प्यारा मित्र बनी, विकास अग्नि लक्ष्मी सानु सब छन्
भाषा बिस्कुनमा, यही समितिका आदर्श मठ हुन् ।।११।।

त्यो दर्पण भयो, बिचार बिचमा अन्तर्दृष्टि डबली
छर्दै विश्व भरी, जुटे सब अनेसास् मा प्रेम लिई
फुल्दै फूल कतै, छ च्याप्टर सयौँ गाढा कलम यो
होस्टेमा सकलै, छ साथ सपना साहित्य लत भो ।।१२।।

सारा विश्व यहाँ, उठे अब जयन्तीमा कलमले
मान्छौँ भानु दसैँ, तिहार छठ लक्ष्मी पर्व मनले
छुट्दैनन् जगमा, कुनै कवि महर्षिका मिलनमा
छन् साहित्य धरा, सुकोमल सधैँ मोती जग यहाँ ।।१३।।

प्रस्टै छन् यसरी, विभिन्न जगका रोमाञ्चक विधा
हुन्छन् राष्ट्र भरी, हरेक मितिमा सम्मेलन सभा
लाखौँ जन्मदछन्, कयौ ती रचना भेट्छन् सफलता
छापेका जति छन्, किताब यी अनेसास् का हुन छटा ।।१४।।

संस्थामाझ भए, विशिष्ट विजयीको ताज सब ती
बाँकी जित्न अझै, लगाम गम होला सायर अति
बन्दै मूर्ति भए, अथाह भेल पर्दा पार कसरी
के के जान्नु दिशा, महाप्रलयका वाणी दश थरी ।।१५।।

योद्धा छन् युगका, खगेन्द्र अति सर्वोत्कृष्ट प्रतिभा
मानौँ चन्द्र उँचा, सफा बचनले लीला छिन तारा
लामा राम सधैँ, बढा ह्रृदयका प्यारा अरुण हुन्
तारा धूर्व बने, उसै नीरज ज्योति गोवर्धन हुन्।।१६।।

सन्ध्या रश्मि पुरु,र मञ्जु सकुन् दीपा साथ ममता
राखी राज हरि, गणेश लिगल गङ्गाका चमकता
दुर्गा साथ सयौँ, उठे सुमल वाई वी प्रखर भई
संस्थाका जगमा, सुशील र नदीया औ सकल नै ।।१७।।

थुप्रै नाम छुटे, महान् छ अनेसास् कोश सगर
जुट्दै छन् नि नयाँ, जुटेर गिरिजा गैरे र रविन
पाठक दीप अझै, उदार मनका उद्घोष गरियो
यो नाता सबको, उजागर गरी बास्ना महकियो ।।१८।।

खोलाको दहमा, कहाँ बहकियो बग्ने चरहरू
माटोमाझ डुबे, कतै स्फटिकले जित्ने नरहरू
माला फूल सरी, भई जगतमा सौन्दर्य नव होस्
हो नेपाल छुँदै, विदेश पनि नेपालीपन जुटोस् ।।१९।।

यात्रा यावतको, अनावरणमा कोशे जग भयौ
यो सम्मान तिमी, बुझे कलमको पुस्तान्तरण हौ
नेपाली थलका, विधा लचकता भाषा मनन होस्
आफ्नै देश रहोस्, सदैव मुटुमा साँच्चै मृदुल होस् ।।२०।।