अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 21:08

बरिष्ठ नेता पौडेल पक्राउको विरोधमा कांग्रेसले मंसिर २९ गते देशभर प्रर्दशन गर्ने

बिआरटीनेपाल २०७७ मंसिर १९ गते ७:२३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशैभर प्रर्दशन गर्ने भएको छ। शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले सरकारविरुद्ध मंसिर २९ गते ७७ वटै जिल्लामा विरोधसभा गर्ने निर्णय गरेको हो। बुधबार गृहजिल्ला तनहुँमा बोल्दीखोलाको पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सुरक्षाकर्मीले पक्राउ गरी तीन घण्टा नियन्त्रणमा लिएको थियो ।

घटना लगत्तै आक्रोशित भएर सडकमा उत्रेको कांग्रेसले त्यसलाई मुद्दा बनाएर योजनाबद्ध रुपमा सडकमा आउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।सरकारको दमन, स्वेच्छाचारी गतिविधिविरुद्ध कांग्रेसले ७७ वटै जिल्लामा विरोधसभा गर्ने निर्णय गरेको उहाँले बताउनुभयो

विरोधसभालाई शीर्ष नेताहरुले जिल्ला जिल्ला पुगेर सम्बोधन गर्ने कार्यक्रम छ । विपक्षी कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त भएको, कोरोना महामारीलाई व्यवस्था गर्न नसकेको ठहर पनि गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गर्ने निर्णय पनि गरेको छ ।

गत असार १८ गते नेकपाभित्रको किचलो उत्कर्षमा पुगेका बेला सरकारले आकस्मिक रुपमा अधिवेशन बन्द गरे पनि अर्को अधिवेशन बोलाएको छैन। संसद नहुँदा जनताको आजाव अवरुद्ध भएको कांग्रेस दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू